यसरी ल्याइयो भारतले दिएको कोरोना खोप (फोटो फिचर)

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगिएको छ।

त्यहाँ खोपलाई विग्रन नदिन कोल्डचेनमा राखिएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा सफाइकर्मीलाई खोप दिइनेछ। त्यसपछि, कोरोनाको जोखिममा रहेका व्यक्तिहरू जसमा, प्रहरी, शिक्षकलगायतलाई दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय