कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरममा भीषण आगलागी

भारतको पुणेस्थित सेमर इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) मा बिहीबार अपरान्ह आगलागी भएको छ। इन्स्टिच्युटको उत्पादन प्लान्ट टर्मिनल-१ गेटमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इन्स्टिच्युटको यो भागमा नयाँ प्लान्ट छ। दमकल विभागका अनुसार इन्स्टिच्युटमा २:३० मा आगलागीको खबर प्राप्त भएको थियो। दमकद विभागबाट आएको टीमले आगो नियन्त्रणमा लिएको थियो। तर, आगलागीका कारण कति क्षति भयो भन्ने बारे एक्किन भएको छैन।

सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ। आगलागी कोरोना खोप बनाउने काम चलिरहेकोभन्दा अर्को गेटमा लागेको बताइएको छ। जसले गर्दा कोरोना भ्याक्सीनको काममा कुनै क्षति पुगेको छैन।

कोभिसल्डको गेट नम्बर ३, ४ र ५ मा काम हुने भएकाले सुरक्षित रहको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय