खोपकेन्द्र बनाउने बेलामा ओली मतदान केन्द्र बनाउन लागे : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कदम संविधान बाहिरको भएको बताएका छन्। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने उल्लेख गर्दै उनले संसद बिघटनको प्रस्तावलाई प्रधानमन्त्री ओलीको ‘सनकीपन’को संज्ञा दिए ।

नेपाली कांग्रेस बुटवल नगरसमितिले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले संविधानको रक्षा र प्रधानमन्त्रीको कदमलाई ठिक ठाउँमा ल्याउनका लागि नेपाली काग्रेसले सडक आन्दोलन गरिरहेको बताए।

‘कमजोर प्रधानमन्त्रीले मात्रै संसद बिघटनको प्रस्ताव गर्नसक्छ’, उनले भने, ‘पार्टीको आन्तरिक झगडाको कारण कसैले संविधानको हत्या गर्न पाउँदैन।’

देशमा कोरोना महामारीले संकट आइरहेको बेलामा संसद विघटन गरेर चुनाब गर्छु भन्नु प्रधानमन्त्रीको अर्को अराजनैतिक कदम भएको थापाको भनाइ थियो। कोरोना महामारीको बेला खोप केन्द्र बनाई जनतालाई राहत दिनेबेला मतदान केन्द्र बनाएर आहत दिएको थापाले बताए।

प्रधानमन्त्रीको असंबैधानिक कदमको अदातलते सच्याउनुपर्ने उनले बताए।

‘श्रीमानहरूले सडकबाट प्रभावित हुँदैनौ भनेर भनिरहनुभएको छ भन्ने सुनेको छु’, थापाले भने, ‘कोठाभित्र हुने खासखुस पनि श्रीमानले नसुन्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय