देशभर ३३६ संक्रिमत थपिए, थप २२६ ले कोरोना जिते

नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ३६ कोरोना स‌ंक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा थप २ सय २६ जनाले कोरोना जितेका छन्।

आज थप ४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। योसँगै ज्यान गुमाउने कूल संक्रमित संख्या १ हजार ९ सय ९७ पुगेको छ।

हाल देशमा ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्।

हालसम्म कूल २ लाख ६८ हजार ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने कूल २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमण मुक्त भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय