नेपाल आएको भ्याक्सिन फ्रन्टलाइनरलाई सुम्पिन चाहन्छु : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट उपहार प्राप्त कोरोनाविरुद्धको भ्याक्सिन आफूले कोरोना युद्धका फ्रन्ट लाइनरलाई सुम्पिने बताएका छन्।

भारत सरकारले दिएको पहिलो डोज भ्याक्सिन नेपाललाई हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षा कर्मी रहने बताए।

उनले खोपका लागि भारत सरकारलाई धन्यवाद दिए। मन्त्री त्रिपाठीले हप्तादिन भित्रै नेपालमा खोप लगाउन सुरु गरिनेभन्दै तत्काल थप खोपको खरिद प्रक्रिय अगाडि बढाइनेसमेत जानकारी दिए।

भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको छिमेकी फस्ट भन्ने निती अनुसार नेपाललाई खोप सहयोग गरेको बताए। उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीको भारत भ्रमणको समयमा गरिएको प्रतिवद्धता अनुसार नै खोप एक साताभित्रै नेपाल पठाइएको बताए।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइको हो।

खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। देशभर खोप पठाउनका लागि विशेष गाडीहरू तयारी अवस्थामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय