भारतले दिएको कोरोनाको १० लाख ‘डोज’ खोप नेपाल आइपुग्यो

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप नेपाल आइपुगेको छ। एयर इन्डियाको विमानबाट नेपाललाई उपलब्ध गराइएको खोप नेपाल आइपुगेको हो।

भारत सरकारले कोरोनाविरुद्धको १० लाख डोज नेपाललाई दिएको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्नेछन्।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइको हो।

खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। देशभर खोप पठाउनका लागि विशेष गाडीहरु तयारी अवस्थामा राखिएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा सफाइकर्मीलाई खोप दिइनेछ । त्यसपछि, कोरोनाको जोखिममा रहेका व्यक्तिहरू जसमा, प्रहरी, शिक्षकलगायतलाई दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय