कपिलवस्तुको जेठो अस्पतालमा भेन्टिलेटर सहित आइसीयुको सेवा दिने तयारी

सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै भेन्टिलेटर सहित आइसीयु वेडको बिस्तार गर्ने तयारी गरेको छ । अस्पतालका क्लिनिकल कोर्डिनेटर डा. गणेश क्षेत्रीले ४ वटा भेन्टिलेटर सहित १० बेडको आइसीयु सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिए ।

तौलिहवा अस्पतालको भौतिक र बिरामीहरूको उपचार सेवा सुविधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ ।

अहिले अस्पतालमा ५० बढी बेड सञ्चालनमा रहेको छ । ८ विशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडिकल अधिकृत र द१ जना एमडी रेजिडेन्ट लगायत गरी २५ जना डाक्टरहरू अस्पतालमा रहेका छन ।

अस्पतालमा नेत्र रोग, बाल रोगको विशेषज्ञ सेवा समेत सञ्चालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी योजना अगाडी बढाइएको छ । यस्तै अप्रेसन थिएटर ४ वटा सञ्चालन गर्ने तयारी गरिएको छ । ब्लड बैक अल्ट्रासाउन्ड मेसिन २ वटा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

आखा फिजियो थेरापी, नाक, कान घाटी र डाइलासिस सेवा सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । उनका अनुसार सामाजिक सेवा ईकाईहरु लैगिक हिंसा सेवा र नवजात शिशु स्याहार केन्द्र समेत सञ्चालन गरिनेछ ।

हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा सञ्चालन भइसकेको छ ।

१२ करोडको लागतमा ढेड बर्षदेखि अस्पताल आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आए पछि कपिलवस्तु कै सबै भन्दा सुबिधा संपन्न अस्पताल भएको मेसु बन्जाडेले बताए ।

हामीले अस्पतालको सेवा सुविधा बृद्धिकालागि धेरै पहल गरको छौ, बन्जाडेले भने । अहिले अस्पतालको अवस्थामा धेरै सुधार आइसकेको उनले बताए । बिरामीहरूले यहीबाट धेरै प्रकारका सेवाहरू पाउने थालेको उनले जानकारी दिए ।

२०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानविय स्रोत, साधन र सेवामा फड्को मारेको छ ।अहिले अस्पतालमा २५ बढी विशेषज्ञ डाक्टरहरू छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय