केयु उपकूलपतिमा प्रा.डा भोला थापा नियुक्त

प्रधानमन्त्री केपी शर्मा आ‌ेलीले काठमाडौ विश्वविद्यालय (केयु) को उपकूलपतिमा प्रा.डा भोला थापालाई नियुक्त गरेका छन्।

विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार थापालाई केयुकाे उपकूलपति नियुक्त गरेका हुन्।

शिक्षामन्त्री तथा सहकूलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीनसदस्यीय छनाेट समितिले गरेको सिफारिसका आधारमा प्रा.डा थापालाई उपकूलपति बनाइएकाे हाे।

उपकुलपति छनोट समितिले ४४ जनाकाे आवेदन अध्ययन गरी डा. रामकण्ठ माकाजु, प्रा.डा थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

समितिमा मन्त्री श्रेष्ठसहित पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकूलपति सुरेशराज शर्मा थिए।

नयाँ उपकूलति थापा करिब तीन दशकदेखि केयुमा पढाइरहेका छन्।

यसअघि प्राडा थापा नाै वर्ष डिन र पाँच वर्ष रजिस्ट्रार थिए। थापा मेकानिकल इन्जिनियर हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय