टिचिङमा स्वास्थ्यकर्मी कुटिएपछिको आक्रोष : दोषीलाई उम्काउने प्रयास मान्य हुँदैन

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात गर्नेलाई २४ घन्टा भित्र कानुन कारबाही अगाडी नबढाए आन्दोलन गर्ने चेतवानी चिकित्सकले दिएका छन्।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएन (एनआरडीएले) बिहिबार एक विज्ञप्ती जारी गर्दै कानुनी पक्रिया अगाडी नबढेमा आन्दोलन गर्ने जनाएका हुन्।

पीडित पक्षको अनुमति बिना अमुक व्यक्ति र पिडकबीच सहमति भै पिडक उम्कयाउने प्रयास भइरहेको आरोप एशोसिएनका अध्यक्ष डा. सुभाष देवकोटाले लगाए।

‘घटना नलम्ब्याउने हेतुले गरिएका मेलमिलापका नजीरहरू र फितलो कानुनले यस्ता प्रकृतिका घटना दोहोरिरहने छन्,’ देवकोटाले भने, ‘ दोषीलाई उम्कयाउने प्रयास गरिएमा हामीलाई कदापी मान्य हुने छैन।’

ड्युटिमा रहेको स्वास्थ्यकर्मीलाई र स्वास्थ्य संस्था माथि क्षति पुर्याउने दोषीलाई बिना धरौटि जेल चलान गर्ने व्यवस्था भएमात्र स्वास्थ्यकर्मीको उच्च मनोबलका साथ काम गर्न सक्ने डा. देवकोटाले बताए।

निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकडा. सविन भण्डारीमाथि कुटपीट गरेका थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय