चीनले दियो एमडी/एमएसमा छात्रवृतिका लागि ४२ सिट, सरकारी सिटमा उर्तिणबाटै छानिने

चिकित्साशिक्षा अन्तर्गतका विभिन्न २० विषयमा स्नातकोत्तर (एमडी/एमएस)का लागि चीन सरकारले ४२ कोटा उपलब्ध गराएको छ ।

शिक्षा मन्त्रालय मार्फत् उपलब्ध भएको ती सिटमा केही दिनअघि चिकित्साशिक्षा आयोगले संचालन गरेको राष्ट्रिय साझा प्रवेश परीक्षामा सरकारी सिट तर्फ उत्र्रिणबाट छनौट गरिने भएको छ ।

शिक्षा मन्त्रालयको पत्रका आधारमा आयोगले इच्छुक उमेदवारबाट योग्यता खुल्ने कागजातसहित दरखास्त आह्वान गरेको छ ।

आयोगका अनुसार चीनमा सात वटा विशेषज्ञ विषयमा ३/३ कोटा, ८ वटा विषयमा २/२ सिट र वाँकी ५ विषयमा एक/एक सिट चिन सरकारले छात्रवृति स्वारुप उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय