नेपालमा ९८ प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा ९७ दशमलव ९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन्।

जुन कुल संक्रमित मध्ये निको हुने ९८ प्रतिशत हो।

पछिल्लो २४ घन्टमा देशभर ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने ३ सय ८३ जना संक्रमण मुुक्त भएका छन्।

बुधबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट १ हजार ९ सय ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ।

आज देशभर ३ हजार ६ सय ९३ जना संस्थागत आइसोलेसनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय