जसले मध्यरातमा झाडीमा फाल्दै थिइन् बच्चा…

प्रहरीले काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमालाई नियन्त्रणमा लिएको छ भने शिशुको उद्धार गरेको छ।

महाराजगन्ज प्रहरीले बुधबार राति साढे १२ बजे गोरखा गण्डकी गाउँपालिका-४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियारलाई नियन्त्रणमा लिएको हो।

परियारले महिना पुगेरै जन्मिएकी छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार आमा सुनिता र बच्चा दुवैको महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था सामान्य छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय