१० लाख ‘डोज’ कोरोनाको खोप बिहीबार नेपाल आइपुग्ने

भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ। खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने बताए।

मन्त्री त्रिपाठीले खोप लगाउने तयारी पनि सरकारले गरिसकेको भन्दै चाँडै खोप लगाउने अभियानको थालनी गरिने जानकारी दिए।

उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा खटिएकालाई खोप दिइने बताए। खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय