कपिलवस्तुकै जेठो अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा दिने तयारी

सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालले सेवा विस्तार गर्दै भेन्टिलेटरसहित आइसियु वेडको विस्तार गर्ने तयारी गरेको छ।

अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. गणेश क्षेत्रीले चारवटा भेन्टिलेटरसहित १० बेडको आइसियु सञ्चालनको अन्तिम तयारीमा गरेको जानकारी दिए।

तौलिहवा अस्पतालको भौतिक र उपचार सेवाको स्तरमा उल्लेखनीय सुधार आएको छ। अहिले अस्पतालमा ५० भन्दा बढी बेड रहेका छन्।

अस्पतालमा आठ विशेषज्ञ, दुई डेन्टल सर्जन, ११ मेडिकल अधिकृत  र एकजना एमडी रेजिडेन्ट रहेका छन्।

अस्पतालमा नेत्र रोग, बाल रोगको विशेषज्ञ सेवासमेत सञ्चालनको तयारी गरिएको छ। प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी योजना अगाडि बढाइएको छ। यस्तै चारवटा अप्रेसन थिएटर सञ्चालन गर्ने तयारी गरिएको छ।

यस्तै ब्लड बैंक, अल्ट्रासाउन्ड मेसिन, फिजियोथेरापी, नाक, कान घाँटी र डायलासिस सेवा पनि सञ्चालनको तयारी गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए। उनका अनुसार सामाजिक सेवा इकाईहरुमा लंैगिक हिंसा सेवा र नवजात शिशु स्याहार केन्द्रसमेत सञ्चालन गरिनेछ।

१२ करोडको लागतमा ढेड वर्षदेखि अस्पताल आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएपछि कपिलवस्तुकै सबैभन्दा सुविधासम्पन्न अस्पताल भएको मेसु बन्जाडेले बताए। अस्पताल २०२८ सालमा स्थापित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय