नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल विजयी

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अध्यक्षमा डा. फरवार्ड सिलवाल विजय भएका छन्।

डा. फरवार्ड आफ्ना प्रतिद्वन्दी डा. कैलाशकुमार श्रेष्ठलाई ९० मतले पराजित गर्दै निर्वाचित बनेका हुन्।

डा. श्रेष्ठले २ सय ७१ मत ल्याएका छन्। त्यसैगरी महासचिवमा डा. राजेन्द्र चौधरी ३ सय ५१ मत ल्याएर विजय भएका छन्।

उनका प्रतिस्पर्धी डा. रविनराज सिंहले भने २ सय ७५ मत ल्याएका छन्।

संघको १३ सदस्यीय कार्य समितिमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एकजना सदस्यले मात्रै जित हात पारेका छन्।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. नवीन कर्ण ३ सय २ मत ल्याएउँदै पराजित भएका छन्।

उनका प्रतिद्वन्दी डा. सञ्जीवकुमार ठाकुर ३ सय १८ मत ल्याएर विजय भएका हुन्।

उनीहरू दुई वीच १६ मतको अन्तर छ। त्यसैगरी उपाध्यक्षमा डा. यज्ञराज खरेलले ३ सय २२ मत ल्याएर विजय भएका छन्।

उनका प्रतिस्पर्धी डा. बालकृष्ण साह २ सय ९७ मत प्राप्त गरे।

कोषाध्यक्षमा सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर विजय भएका छन्।

उनका प्रतिस्पर्धी डा. सिलवन्तसेन श्रीवास्तवले ३ सय ६ मत ल्याएका छन्।

सहसचिवमा डा.धीरज सिंहले २ सय ५९ मत ल्याएर पराजय भएका छन्।

उनका प्रतिद्वन्दी डा. सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर विजय भएका हुन्।

सहकोषाध्यक्षमा डा. जुविन सिलवाल विजय भएका छन्।

सदस्यमा डा. अन्जु देव, डा. प्रेरणा दाहाल, डा. अम्रेन्द्र महतो, डा. अमरकुमार यादव, डा. पार्थ गुरागाइँ, डा. रोशन खडका विजय भएका छन्।

संघको नवविर्वाचित १३ सदस्यीय समितिको तीन वर्ष कार्यकाल रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय