कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको ज्यान गएको छ।

शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ। आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो। उनले कोरोनाविरुद्धको खोप लगाएका थिए।

यस्तै सोमबार बिहान कर्नाटक राज्यको बालारी जिल्लाको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको थियो।

उनले नजवरी १६ मा दिउँसो १ बजेतिर कोरोनाको खोप लगाएका थिए। त्यसको २४ घन्टासम्म उनलाई कुनै समस्या नदेखिए पनि सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै गर्दा मुटु दुखेको बताएका उनको निधन भएको हो। उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएकोमा बिहान ११:३० बजे अस्पतालमा उपचारकै उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको मृत्यु ह्दयघातबाट भएको चिकित्सकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय