रोकिएको पिजीको क्लिनिकल ट्रेनिङ हुने

मेडिकल शिक्षामा नेपालबाहिर पिजी (स्नातकोत्तर) गरेर आएका फिजिसियनका चिकित्सकहरूको नेपालमा क्लिनिकल ट्रेनिङ गराउने प्रक्रिया सुरु भएको छ।

पिजी उत्तीर्ण भएर कोरोनाका कारण क्लिनिकल तालिम लिन रोकिएका विद्यार्थीलाई तालिम प्रदान गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको पहलमा ट्रेनिङ प्रक्रिया सुरु गरिएको हो।

काउन्सिलले सोमबार सूचना जारी गर्दै सम्बन्धित विश्वविद्यालसँगको सहकार्यमा उनीहरूलाई वैधानिक स्वास्थ्य संस्थामा हुने तालिममा सहभागी हुन सूचित गरिएको छ। यो निर्णय कोरोना महामारी अवधिभर मात्रै लागु हुने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय