‘साइलेन्ट किलर’ हुनसक्छ हाइ ब्लड प्रेसर

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ६ गते १३:३१

सामान्य तया मानिसलाई हार्ट अट्याक अथवा मुटुसँग जोडिएका समस्या नआउँदासम्म ब्लड प्रेसर हाइ भएको थाहा हुँदैन। यही कारण यसको समस्यालाई साइलेन्ट किलरको रूपमा लिइन्छ।

ब्लड प्रेसरले सिधै हाम्रो मुटुसँग सम्बन्ध राख्ने हुनाले विशेष ध्यान दिनुपर्छ। ब्लड प्रेसर भनेको हाम्रो शरीरमा रक्तप्रवाह हुनु हो। रक्तप्रवाहकको गति बढ्यो भने ब्लड प्रेसरको समस्या हुनपुग्छ। यदि हामीले समयमै ब्लड प्रेसरका लक्षणलाई चिन्न सक्यो भने हामी यसको जोखिमबाट जोगिन सक्छौं।

हाई ब्लड प्रेसरका दुई प्रकार हुन्छन्। प्राइमरी हाई ब्लड प्रेसर र सेकेन्डरी हाई ब्लड प्रेसर गरि यसका दुई प्रकार छन्। हालसम्म प्राइमरी ब्लड प्रेसरको समस्याको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन।

तर, सेकेन्डरी ब्लड प्रेसरको कारण मोटोपन, अनुवांशिकता, अल्छि जीवनशैली, नसालु पदार्थको सेवन आदि हुन सक्छन्।

हाई ब्लड प्रेसरबाट जोगिने भनेको नै आफ्नो शरीरलाई एक्टिव राख्नु हो। तनावलाई टाढा राख्नु हो। यो समस्या एक पटक बल्झिँदा जीवनभरका लागि बल्झिन्छ।

हाई ब्लड प्रेसरको समस्या देखिँदा सुरुवाति दिनमा हामी सामान्य रूपमा लिन्छौं। र, ब्यवास्ता गरिदिन्छौं। लगातार समस्या देखियो भने मुटुरोग विषेशज्ञकोमा जानुपर्छ।

हाई ब्लड प्रेसरको लक्षण

– स्वास फेर्न गाह्रो हुनु,

– मुटु गरुङ्गो भएको महशुस हुनु,

– पटक-पटक रिगटा लाग्नु,

– नाकबाट रगत बग्नु,

– पिसावमा खराबी हुनु,

– प्राय टाउको दुखी राख्नु,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय