एक वर्षसम्म जोखिम भत्ता पाएनन् स्वास्थ्यकर्मीले, भन्छन्– उधारो सम्झौता मान्य हुँदैन

जोखिम भत्ता नपाएकोभन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।

कोरोना महामारीको कठिन मोडहरूमा दिनरात खटिएर काम गर्दा पनि अस्पताल प्रशासनले आजसम्म जोखिम भत्ता उपलब्ध नगराएका कारण आन्दोलनमा उत्रिनु गरेको उनीहरूको गुनासो छ।

प्रतिष्ठानका जुनियर रेजिडेन्ट चिकित्सकहरूले एक विज्ञप्ती निकालै काम बहिष्कार गरेको जानकारी दिएका छन्।

नेपाल सरकारले जोखिम भत्ता निकाशा गरेतापनि अस्पताल प्रशासनले भने रकम वितरण नगरेको उनीहरूको आरोप छ।

‘नेपाल सरकारले निर्णय गरेर बजेट नै निकाशा गरिसकेको र पटक—पटक जोखिमभत्ता वितरण गर्न निर्देशन दिएको अवस्थामा समेत जोखिम भत्ता वितरण गरिएको छैन,’ अध्यक्ष डा. राजेन्द्र घिमिरेले भने, ‘ अब हाम्रो आन्दोलन गर्ने बाहेक विकल्प छैन।’

अस्पताल प्रशासन सँग पटक—पटक छलफल हुँदा उधारो सम्झौता र आश्वासन मात्र पाएको उनले बताए।

‘अस्पताल प्रशासनले हाम्रो माग प्रति कुनै चासो देखाएको पाइन। त्यसैले १ माघबाट ड्युटी छोड्न बाध्य भएका छौं,’ उनले भने , ‘ यस पटक भने उधारो सम्झौता हुँदैन।’
कोभिड ड्युटीमा हुने रेसिडेन्ट डाक्टरलाई सम्बन्धित विभाग मार्फत दबाब दिएर ड्युटी जान बाध्य नपार्ने उनले अनुरोध गरेका छन्।

यसबाट हुने सम्पुर्ण जिम्मेवारी अस्पताल प्रशासन हुने उनीहरूले जनाएका छन्।

प्रतिष्ठानमा हाल ३ सय जना जुनियर रेजिडेन्ट चिकित्सक रहेको सोसाइटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय