भरतपुर अस्पतालले आँखा उपचार सेवा सञ्चलान गर्दै

हेल्थपोस्ट नेपाल

चितवनको भरतपुर अस्पतालमा भोलिदेखि आँखा रोग उपचार सेवा सुरु हुने भएको छ। स्वास्थ्य विभागको निर्देशन अनुसार आँखाको उपचार सेवा सुरु गर्न लागिएको ओपिडी विभाग इन्चार्ज नारायणप्रसाद सापकोटाले जानकारी दिए।

सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले छात्रवृति कोटामा दुईजना चिकित्सकलाई भरतपुर अस्पतालमा पठाएको छ। उपचारका लागि आवश्यक पर्ने उपकरण सामग्री जडान भैसकेको उनले जानकारी दिए।

सेवा हिजो (आइतबार) सञ्चालनका लागि तोकिएको थियो। तर, प्राविधिक कारणले सञ्चालन गर्न सकिएको थिएनन्। भोली (मंगलबार) विभागको उद्घाटन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले गर्ने सापकोटाले जानकारी दिए।

सुरुवाति चरणमा भरतपुर अस्पतालमा सामान्य आँखाको जाँच मात्र हुनेछ। त्यसपछि विस्तारै शल्यक्रिया पनि गरिने उनले बताए। अहिले छात्रवृतिका चिकित्सकले बिरामीको परीक्षण गर्ने भए पनि पछि लोकसेवा आयोगले विरामीको आधारमा कर्मचारीको व्यवस्थापन गर्नेछ।

सुगर, प्रेसरलगायतका बिरामीले पनि आँखाको सामान्य समस्या लिएर उपचारका लागि बाहिर जानु पर्नेमा अब यो समस्या समाधान हुने अस्पताल प्रशासनले जनाएको छ।

आँखाको उपचार ओपिडी भवनको माथिल्लो तलामा तोकिएको छ। चालु आर्थिक वर्षको बजेट तथा निती कार्यक्रममा नै सरकारले केन्द्रीय अस्पतालमा अनिवार्य आँखा सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *