देशभर ३ सय २२ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको हो।

सोमबार थप ३ सय ७४ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु भएको छ।

केहिदिन यता कोरोना संक्रमितको कम परिचाहन भएपनि कोरोनाबाट मृत्यु हुने संख्या भने घटेको छैन।

हालसम्म नेपालमा १ हजार ९ सय ६५ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको अनुसार आज ३ हजार ८ सय ६१ जना आइसोलेसनमा र २ सय २१ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय