तिनाउ नदी सभ्यता जोगाउन सरसफाई अभियान

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ माघ ५ गते १५:४६

पाल्पाबाट बुटवल हुँदै बग्ने नदी तिनाउको सभ्यता जोगाउन र स्वच्छ बनाउन तिनाउ नदी सरसफाई अभियान सुरु भएको छ।

आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदी किनारको सभ्यता जोगाउन र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन अभियान सुरु गरिएको हो।

कार्यक्रममा मानवधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले नदीको सभ्यतासँग मानवीय विकासको सभ्यता जोडिएकोले बढ्दो प्रदुषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदीलाई सरसफाई राख्न जरुरी रहेको बताए। उनले विश्वभर प्रदुषण बढीरहेको र यस्ले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणी लोप भएकोतर्फ जोड दिँदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रम गर्नुपर्ने बताए।

नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसीलगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिस लाग्नुपर्ने बताए।

कार्यक्रममा जलचर प्राणीको बाच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान सञ्चालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताइन्। नदिजन्य प्राणीको स्वच्छतापूर्वक बाच्न पाउने अधिकारसँगै नदीलाई बिना हस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाइएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ती समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसंयोजक डिपी खनालले जानकारी दिए।

नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिड टाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटललगायत संस्थाले सहकार्य गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय