एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित ताराबारी सडकखण्डमा एम्बुलेन्स र अटो ठोवक्किँदा दुईजनाको ज्यान गएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा सोमबार बिहान ९ बजे ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एकजनाको घटनास्थलमै र अर्को एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका-४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार झापाका सन्तोष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय