बाथरुममै किन आउँछ बढी हार्ट अट्याक, कसरी जोगिने?

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ५ गते १७:२९

हार्ट अट्याक मानिसका लागि गम्भीर समस्या बन्दै गइरहेको छ। हार्ट अट्याक अचानक हुन्छ। तर, यसका धेरै कारण छन्। अस्तव्यस्त लाइफ स्टाइल र बेकार खानपानका कारण पनि हार्ट अट्याकको जोखिम हुन्छ।

हार्ट अट्याकका लागि कुनै निर्धारित समय हुँदैन। तर, धेरै जसो हार्ट अट्याक बाथरुममा हुनेगर्छ। तपाइलाई यस्तो किन हुन्छ भन्ने लाग्न सक्छ।
बाथरुममा हार्ट अट्याक आउनुका थुप्रै कारण छन्। विज्ञानका अनुसार हार्ट अट्याकको सिधा सम्बन्ध रगतसँग हुन्छ। रगतकै माध्यमबाट हाम्रो शरीरमा अक्सजन तथा पोषक तत्व पुग्नेगर्छन्।

तर, मुटुसम्म अक्सिजन पुगाउने धमनीमा प्लाक जम्दा बाटो बन्द हुन पुग्छ। जसले गर्दा मुटुको धड्कनको गतिमा गड्बडि आउन थाल्छ। जसले गर्दा मानिसमा हार्ट अट्याकको जोखिम हुन्छ।

बिहानको समयमा हामी ट्वाइलेट जाने गर्छौं। कतिपय अवस्थामा पेट पुरै साफ गर्नका लागि भन्दै हामी जोरले प्रेसर गर्छौं। यो प्रेसरले हाम्रो मुटुको धमनीमा अधिक दवाव बनाउँछ। जसले गर्दा हार्ट अट्याकको जोखिम हुन्छ।

यस्तै बाथरुमको तापक्रम हाम्रो घरको अन्य कोठाको तुलनामा निकै चिसो हुन्छ। यस्तो अवस्थामा शरीरको तापक्रमलाई सन्तुलन राख्न तथा रगतको प्रवाहलाई बनाइराख्नका लागि अधिक काम गर्नुपर्ने हुन्छ। जसले गर्दा मुटुको सन्तुलनमा असर पुग्छ। र, हार्ट अट्याकको कारण बन्न सक्छ।

यस्तै बिहानको समयमा ब्लड प्रेसर अलि बढी हुन्छ। यस्तोमा हामी जब नुहाउन निकै चिसो वा तातो पानी प्रयोग गर्छौं यस्तो बेला प्रेसरमा असर पुग्न जान्छ। जसले गर्दा पनि हार्ट अट्याक आउने जोखिम बढ्न सक्छ।

हार्ट अट्याकबाट बच्ने तरिका

– अधिक समयसम्म ट्वाइलेटमा एउटै पोजिसनमा नबस्ने। लामो समयसम्म एउटै पोजिसनमा बस्दा हार्ट अट्याक आउने जोखिम हुन्छ।

– बाथरुपमा नुहाउँदा पानीको तापक्रममा ध्यान दिने। नुहाउँदा सबैभन्दा पहिले खुट्टाका पैतला भिजाउने। यसपछि हल्का पानी टाउकोमा हाल्ने। यसरी नुहाउँदा हार्ट अट्याकबाट जोगिन सकिन्छ।

– दिसा गर्न बस्दा पेट सफा गर्नका लागिभन्दै बल लगाउनु हुँदैन। र, दिसा गर्न हतार गर्नु पनि हुँदैन।

– यदि तपाईमा धेरै लामो समयसम्म बाथ टब वा पानीमा रहन मन लाग्छ भने यसले पनि धम्नीमा असर पारिरहेको हुन्छ। यस्तो अवस्थामा धेरै लामो समयसम्म बाथ टबमा नुहाउनु हुँदैन।

हार्ट अट्याकका लक्षण

– टाउको जोरले दुख्नु,
– स्वास लिन गाह्रो हुनु,
– कमजोरी महशुस हुनु,
– डायबिटीजका थुप्रै बिरामीमा कुनै लक्षण बिनानै पनि हार्ट अट्याक आउन सक्छ। यसलाई साइलेन्ट हार्ट अट्याक भनिन्छ।
– तनाव हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।
– रिगटा लाग्नु वा बान्ता हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।

हार्ट अट्याक आउँदा के गर्ने?

– यदि तपाईको सामु कुनै मानिसमा हार्ट अट्याक आएमा उसलाई जमिनमा उत्तानो सुताउने ।
– शरीरमा निकै टाइट लुगा भए फुकाली दिने ।
– जमिनमा पल्टिएको समयमा टाउको हल्का माथि पार्ने ।
– एम्बुलेन्सलाई तुरुन्त फोन गर्ने ।
– हात र खुट्टालाई रगडि राख्ने ।

यदि बिरामीमा स्वास लिन गाह्रो भइरहेको भए उसको नाकलाई बन्द गरेर उसको मुखमा आफ्नो मुखले हावा परिदिने। यसले बिरामीको पोक्सोमा हावा भरिराख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय