नेपालमा देखियो नयाँ प्रजातीको कोरोना

नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरसको (भेरियन्ट) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका मध्ये नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो।

बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो। त्यसपछि परिक्षणका लागि नमुना हंकङ पठाइएकोमा तीनजनामा नयाँ कोरोना भाइरस पोजेटिभ पाइएको हो।

उक्त नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा पौष २७ गते पठाइएको थियो।

उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान नेपालमा पनि पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

‘हामीले पठाएको नमुना मध्ये तीनजनामा संक्रमण पुष्टि भएको छ,’ डा. गौतमले भने।

२८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको डा. गौतमले बताए।

‘उहाँहरूमा बेलायतमा देखिएको प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘संक्रमण पुष्टि भएका तीनमध्ये दुईजनाको रिपोर्ट नेगेटिभ आइसकेको छ। तर, ६७ वर्षीय पुरूपमा संक्रमण भए पनि लक्षण छैन।’

नेपालमा भ्याक्सिन उपलब्ध नहुञ्जेल उच्च सावधानी अपनाउन सबैलाई मन्त्रालयले अनुरोध गरेको छ।

कोरोनाबाट बच्न सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामका उपाय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय