औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा. शेखको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ४ गते १९:४४

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा. अश्फाक शेखको निधन भएको छ।

डा. शेखको ८० वर्षको उमेरमा निधन भएको विभागका पूर्वमहानिर्देक नारायण ढकालले पुष्टि गरे।

डा. शेखले विभागको वि.सं. २०४६ सालभन्दा अगाडीदेखि २०५७ सालमम्म महानिर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

उनको विभागबाट सरकारी सेवाको समयवधि सकिएको थियो। सरकारी सेवापछि लोमस फार्मास्युटिक्लसमा कार्यरत थिए।

डा. शेख फार्मेसी जगतको मूर्धन्य व्यक्तित्वमा रूपमा परिचित रहेको डा. ढकाल बताउँछन्।

‘उहाँ सरल र नरम स्भावकको हुनुहुन्थ्यो। कसैको पनि मन दुखाउनु हुँदैनथ्यो,’ ढकाल भन्छन्, ‘आफू मातहतका रहेका कर्मचारीलाई सधै सिकाउन खोज्ने उहाँको बानी थियो।’

डा. शेख कुनै पनि विषयमा बोल्दा प्राविधिक अध्ययन गरेर मात्र बोल्ने गरेका थिए।

उनको फार्मेसी जगतमा अतुलनीय योगदान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय