कन्डमको डेट एक्सपायर भएको कसरी थाहा पाउने ?

सुरक्षित यौन सम्पर्क तथा नचाहेको गर्भ रोक्नका लागि कन्डमको प्रयोग निकै आवश्यक हुन्छ। कन्डमसँग जोडिएका थुप्रै जानकारीहरू छन्। जुन मानिसले थाहा पाइरहेका हुँदैनन्। तर, जान्न निकै जरुरी हुन्छ।

कतिपय मानिसलाई त कन्डमको एक्सपायर डेट हुन्छकी हुँदैन भन्ने नै थाहा नहुन सक्छ। एक्पायर भएको भए प्रयोग गर्न कति सुरक्षित छ भन्ने बारे पनि जान्नु जरुरी हुन्छ। त्यसैले कन्डम किन्नुभन्दा पहिले यस बारेमा जानकारी हुन अवश्यक छ।

अन्य मेडिकल प्रोडक्ट झै कन्डमको पनि एक्सपायर डेट हुन्छ। कन्डमको खोलको प्याकेटमा यसको प्रयोग गर्न मिल्ने मिति वा डेट एक्सपायर मिति लेखिएको हुन्छ। त्यो हेरेर मात्र कन्डम किन्नु उपयुक्त हुन्छ।

एक्सपायर मिति मात्र नभएर अन्य कारणले पनि कन्डम बिग्रीन सक्ने सम्भावना हुन्छ।

कन्डमलाई यदि पर्स, पकेट जस्ता ठाउँमा राखिएको भए चाडै ड्यामेज हुने सम्भावना हुन्छ। बढी गर्मी र ओसीलो ठाउँमा पनि यसको क्वालिटीमा असर पर्छ।

जस्तो न्याचुरल मेरेरियलबाट बनेको कन्डम चाडै एक्सपायर हुन्छ। सिन्थेटिक मेटेरियलबाट बनेको कन्डमको सेल्फ लाइफ बढी हुन्छ। सामान्य अवस्थामा यो पाँच वर्षसम्म सुरक्षित मानिन्छ।

यदि कन्डमको मेकिङमा स्पर्मिसाइड केमिकल प्रयोग भएको भए यसको सेल्फ लाइफ कम हुन्छ। त्यसैले कन्डम किन्दा यो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ।

यदि कन्डम एक्सपायर भइसकेको छ भने त्यसले जोखिम निम्त्याउन सक्छ। डेट सकिँदा उसमा रहेको म्याटिरियल पनि कमजोर हुँदै जान्छ। र, शारीरिक सम्पर्कका दौरान यो फुट्ने वा च्यातिने सम्भावना हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय