नेपालमा २६६ संक्रमित थपिए, थप ४ सयले कोरोना जिते
नेपालमा पछिल्लो २४ घन्टामा २ सय ६६ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ।
सोही अवधिमा थप ४ सय जनाले कोरोना जितेका छन्। योसँगै कूल संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ।
आज थप पाँच संक्रमितले ज्यान गुमाएका छन्। योसँगै नेपालमा ज्यान गुमाउनेको कूल संख्या १ हजार ९ सय ५९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमित संख्या ३ हजार ९ सय १९ पुगेको छ।