न्याम्सका पूर्व उपकूलपति डा. मास्केको कोरोनाबाट निधन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ४ गते ११:२८

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति एवं नेपालका पायनियर युरो सर्जन डा. सिपी मास्केको निधन भएको छ । कोरोना संक्रमणपछि उपचारत डा. मास्केको शनिबार राति १ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिलकुमार शर्माले निधन भएको पुष्टि गरे । उनी मिर्गौला र मुटुको लामो समयदेखि उपचार गराइरहेका थिए ।

डा. मास्केकी श्रीमती डा. ज्योत्स्नाको पनि केही समयअघि मात्रै निधन भएको थियो ।

डा. मास्केका छोरा र बुहारीसमेत चिकित्सक छन् ।

डा. मास्के नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरु गर्ने पायनियर चिकित्सक हुन् ।

नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरुवात गरेका डा. मास्केलाई केही समयअघि शल्यचिकित्सकहरुको साझा संस्था नेपाल असोसियासन अफ यूरोलोजिकल सर्जनस्ले सम्मान गरेको थियो ।

डा. मास्केले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा समेत यूरो सर्जरी सेवा तथा संरचना बनाएका थिए ।

डा. मास्केले काठमाडौबाहेक विभिन्न जिल्लामा समेत सर्जरी सेवा विस्तारमा उल्लेखनीय योगदान मास्केले गरेका थिए।

अलबिदा अब्बल डाक्टर मास्के!

2 thoughts on “न्याम्सका पूर्व उपकूलपति डा. मास्केको कोरोनाबाट निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय