चिकित्सकको लाइसेन्स परीक्षा फागुनमा, फारम भोलिबाट खुल्दै

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।

एमबीबीएस र बीडीएस उत्तीर्णहरूका लागि लिइने परीक्षाको लागि सोमबार अनलाइन फारम खुल्ने काउन्सिलले जानकारी दिएको छ।

फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उलेल्ख छ।

चार चार महिनको फरकमा हुने परीक्षा कोरोनाका कारण केहि समयदेखि नियमित हुन सकेको थिएन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *