भारतमा पहिलो दिन करिब २ लाखले लगाए कोरोना खोप, केहीमा सामान्य असर

भारतमा खोप अभियानको पहिलो दिन शनिबार करिब १ लाख ९१ हजारभन्दा धेरै मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ।

पहिलो चरणमा करिब ३ करोड स्वास्थ्य तथा सरसफाइकर्मीलाई खोप लगाउने भारतको यो अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

पहिलो दिन खोप लगाएका मध्ये दिल्लीमा ५२ जनालाई त्यसको सामान्य असर देखिएको छ। तिमध्ये एकजनालाई अस्पतालमा भर्ना गरिएको छ। उनको छातीमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

तर भारतको स्वास्थ्य मन्त्रालयले भने उनलाई पनि सामान्य असर देखिएको जनाएको छ। ‘खोप लगाएकामध्य कसैलाई पनि अस्पताल भर्ना गर्नुपरेको छैन। तर दिल्लीमा भ्याक्सीन लगाएका केहीमा एलर्जीको समस्या देखिएको छ’ भारतको स्वास्थ्य मन्त्रालयले भनेको छ।

चिकित्सकहरूल खोप लगाएका केही मानिसलाई  सामान्य एलर्जीलगायतका समस्या देखिनु सामान्य हो र त्यसका लागि स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय