थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ८ सय ४४ जनामा गरिएको नुमना परीक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। जसमध्ये आज ४ हजार ५८ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ नमुना परीक्षण भएको छ।

आज थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय