भारतमा कोरोनाविरुद्ध विश्वकै ठूलो खोप अभियान सुरु, ३ करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन

भारतले कोरोनाविरुद्धको खोप अभियान शनिबारदेखि सुरु गरेको छ। यो अभियानलाई उसले विश्वको सबैभन्दा ठूलो खोप अभियान दाबी गरेको छ।

अखिल आयुर्विज्ञान संस्थानका एकजना सरसफाईकर्मीलाई पहिलो खोप दिएर यसको सुरुवात गरिएको हो।

खोप अभियान सुरु हुनुअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन पनि गरेका थिए।

‘एउटा खोप बनाउनका लागि वर्षौं लाग्छ तर, छोटो समयमा भारतले एउटामात्रै होइन दुई-दुईवटा भ्याक्सिन बनाउन सफल भएको छ’, मोदीले भनेका छन्।

खोप बनाउने अभियानमा जुटेका सबै डाक्टर तथा बैज्ञानिकहरूलाई उनले बधाई पनि दिएका छन्।

भारतले पहिलो चरणमा देशभरका करिब ३ करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाउने छ। प्रधानमन्त्री मोदीले दोस्रो चरणमा त्यो संख्यालाई ३० करोड पुर्‌याउने बताएका छन्।

देशका सबै राज्यहरूमा भ्याक्सिन पुर्‌याइएको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ तथा भारत बायोटेकले बनाएको ‘कोभ्याक्सिन’लाई भारतले अहिले प्रयोगका लागि अनुमति दिएको छ।

बायोटेकले अर्को पनि भ्याक्सिन बनाएको छ र त्यो प्रमाणित हुन बाँकी छ। भारतमा कोरोनाविरुद्धका थप ७ वटा भ्याक्सिन परीक्षणका क्रममा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय