बिरामी पर्दै बालबालिका : चिसोबाट कसरी जोगाउने? डा. विच्छाको पाँच सुझाव

चिसो बढेसँगै महाराजगन्जको कान्ति बाल अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।

चिसो कारण बालबालिकामा हुने विभिन्न किसिमका संक्रमणले अस्पतालमा चाप बढ्दै गएको हो।

पछिल्लो समय चिसोको कारण धेरै जसो बालबालिमा निमोनिया, ब्रोन्काइटिस र झाडापखलाको समस्या बढेकाले भर्ना हुने क्रम बढिरहेको अस्पतालका निर्देशक डा. आरपी विच्छा बताउँछन्।

हाल अस्पतालमा २ सयभन्दा बढी बालबालिका ओपिडी सेवाको लागि आउने गरेका छन्।

जसमध्ये ७० प्रतिशतभन्दा बढी बालबालिका रुघाखोकी तथा श्वासप्रश्वासका समस्या लिएर आउने गरेका छन्।

गत बर्ष भने यो समयमा करिब ५ सयभन्दा बढी बालबालिका ओपिडी सेवा लिन आउने गरेको थिए। तर, यसवर्ष भने कोरोना सो संख्यामा कमी आएको डा. विच्छाले बताए।

‘भारइरसको कारणले हुने ब्रोन्काइटिस, ब्याक्टेरियाले हुने निमोनिया र लोटा भाइरसले हुने झाडापखालाको कारण बालबालिकामा अस्पताल आउने क्रम बढ्दो छ,’ डा. विच्छा भन्छन्, ‘बालबालिकामा भाइरल इन्फेक्सन, सरसफाईको कमी र चिसोका कारण सो समस्या देखिएको हो।’

चिसो मौसमा श्वासप्रश्वास सम्बन्धी समयस्या, भाइरल इन्फेक्सन, निमोनिया र छालाको संक्रमणको समस्या बढ्ने सम्भावना धेरै उनी बताउँछन्।

‘अहिले समान्यतया २ सयभन्दा बढी बिरामी ओपिडी सेवाका लागि आउने गर्छन्,’ उनी भन्छन्, ‘ओपिडीमा आएका ९५ प्रतिशतलाई औषधि लेखेर पठाइदिन्छौ, तर ५ प्रतिशत बालबालिकालाई भर्ना गरेर राख्नुपरेको छ।’

अस्पताल प्रशासनको तथ्यांक अनुसार दैनिक जसो २० देखि २५ बालबालिका आकस्मिक रूपमा अस्पताल आउँछन्।

जसमध्ये १० देखि १२ जनालाई भर्ना गरेर राख्नुपर्ने हुन्छ। ‘हामी कहाँ ५० प्रतिशत भन्दा बढी रिफर गरेर आएका बिरामी दैनिक भर्ना हुन्छन्। अन्य बिरामी अधिकाश धादिङ, काभ्रे र उपत्यका हुन्छन्,’ डा. विच्छाले भने।

उनका अनुसार धेरै जसो अभिभावकले बालबालिकालाई ज्वरो र रूवाखोकी देखिएको अवस्थामा नै कोरोना भयो भन्ने डरले अस्पताल ल्याउने क्रम बढ्दो छ।

बालबालिकालाई चिसोबाट कसरी बचाउने?

यो मौसममा बालबालिकालाई सर्वप्रथम चिसोबाट नै जोगाउनुपर्छ। चिसो मौसमबाट बालबालिकालाई जोगाउनका लागि डा. विच्छाको सुझाव

१.चिसोबाट जोगाउन बच्चालाई न्यायो कपडाले लगाइदिनुपर्छ।

२.बालबालिकाको नियमित खोप लगाइराख्नुपर्छ। अझै पनि अभिभावकमा कोरोना छ भनेर मानसिकता छ। सुरक्षा तथा सावधानी अपनाएर बालबालिकालाई नियमित खोप लगाउँदा रोग सँग लड्ने क्षमता बढ्छ

३‌.चिसो मौसम बालबालिकालाई पानीको कमी हुनुहुदैन

४.यो मौसममा बढी जस्तो झोल पदार्थ बढी खुवाउने गर्नुपर्छ। जस्तै : दाल झोल, जाउलो पातलोे बनाएर

५.बच्चा सुस्त देखिएमा, पिसाब कम भएमा, बच्चा लठ्ठ परेमा तुरून्तै नजिको स्वास्थ्य संस्था लैजानुपर्दछ ६.बच्चामा श्वासप्रश्वास धेरै चलेमा, दुध खान छाेडेमा, वान्ता गरेमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय