कलैयाका स्वास्थ्यकर्मीको चेतावनी : आकस्मिक तथा प्रसुति सेवा पनि बन्द गर्छौं

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २ गते १७:४४

कलैया अस्पताल बारामा कार्यरत स्वास्थ्यकर्मी कोरोना भत्ता नपाएकोभन्दै चार दिनदेखि आन्दोलित छन्।

आफूहरू आन्दोलित बनेको चारदिन वित्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै उनीहरूले थप आन्दोनका कार्यक्रम सार्वजनिक गरेका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीले आफूहरूका माग पुरा नभए आइतबारदेखि अस्पताल प्रशासन, प्रयोगशाला, ड्रेसिङ्ग, एक्सरे पूर्ण रूपमा बन्द गर्दै जाने, मंगलबारदेखि शव परीक्षण लगायत कुरा बन्द गर्ने चेतावनी दिएका छन्। त्यति गर्दा पनि आफूहरूका माग पुरा नभए अर्को साताको आइतबारदेखि आकस्मिक तथा प्रसुति, रेविजविरुद्धको खोप र अन्य सम्पूर्ण सेवा बन्द गर्ने तथा विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म अनिश्चित कालिन धर्ना बस्ने आन्दोलित चिकित्सकहरूको चेतावनी छ।

उनीहरूले स्वास्थ्यकर्मीका जायज मागमा सरकारले ध्यान नदिएकोभन्दै चिसो मौसममा विरामीलाई सेवा दिनबाट बन्चित गरेर आन्दोलनमा उत्रिनु परेकोभन्दै दु:ख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय