नेपालमा ९७.७ प्रतिशत कोरोना मुक्त, सार्कमध्ये पहिलो स्थानमा

पछिल्लो २४ घन्टामा देशभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।

३ हजार ८४ जनाको पिसीआर परीक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

शुक्रबार ३९० जना निको भएर घर फर्किएका छन् ।

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। । जसमध्ये निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय