महेशपुरमा मनाइयो छैठौं राष्ट्रिय योग दिवस

झापाको भद्रपुर नगरपालिका स्थित महेशपुरमा छैठौं राष्ट्रिय योग दिवस मनाइएको छ।

जिल्ला प्रशासन कार्यलय झापा, आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी र पतन्जली योग पिठको संयोजनमा ‘गरौं योग डटेर कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ योग दिवस मनाइएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका वैद्य निरीक्षक मनोज पण्डितले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले योगले अभ्यासले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले सबैले योग गर्न जरुरी भएको बताए।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ तथा योग प्रशिक्षक कैलाश डाँगीले योग अभ्यासका बारेमा प्रशिक्षण दिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिलकुमार यादवले जानकारी दिए।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, योग प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय