फाइजरको खोप लागाएर मृत्यु भएका डाक्टरबारे अनुसन्धान हुँदै

अमेरिकाको फ्लोरिडाका डाक्टर ग्रेगोरी माइकलको मृत्युको कारण पत्ता लगाउन स्वास्थ्य अधिकारीहरू अनुसन्धानमा जुटेका छन्।

कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ लगाएको १६ दिनमा उनको मृत्यु भएको थियो।

५६ वर्षीया माइकल प्रसुति तथा स्त्रीरोग विषेशज्ञ थिए। जसले माउन्ट सेनाइ मेडिकल सेन्टरबाट डिसेम्बर १८ मा कोरोनाविरुद्धको खोप लगाएका थिए।

खोप लगाएको १६ दिनपछि मस्तिष्क रक्तस्राव (ब्रेन हेमोरेज) भएर मृत्यु भएको उनकी श्रीमती हेडी नेक्कलमानले आफ्नो फेसबुकमार्फत जानकारी दिएकी हुन्।

प्रेस विज्ञप्ती जारी गर्दै फाइजरले यस विषयमा कम्पनीले सक्रिय रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञप्तिमा डाक्टरको मृत्यु खोपकै कारणबाट भएको हो भन्नेमा आफूहरू विश्वस्त नरहेको फाइजरका अधिकारीहरूले जनाएका छन्।

हालसम्म खोपको उत्पादन र साधनमा कुनै समस्या नरहेको बताउँदै फाइजरले शोक सनप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

झन्डै ९० लाख अमेरिकीहरूले फाइजर वा मोर्डनाको खोप लगाइसकेका छन्। खोप लगाएका मध्य २९ जनालाई एनाफिलैक्सिस, गम्भीर खालको एलर्जी जसका कारण मृत्यु पनि हुन सक्ने समस्या देखिएको थियो। तर, हालसम्म कसैको पनि मृत्यु भएको छैन।

योसँगै कसैलाई रिगटा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, हात सुन्निने जस्ता समस्या देखिएका थिए।

अमेरिकाका विभिन्न एजेन्सी तथा स्वास्थ्य विज्ञहरूले खोपको गम्भीर प्रकारको रियाक्सनका कारण उनको मृत्यु भएको हुनसक्ने बताएका छन्।

डाक्टरकी श्रीमती नेक्कलमानका अनुसार खोप लगाएको तीन दिनपछि माइकलको शरीरमा राता दागहरू देखिएका थिए। यस्तो समस्या छाला भित्रबाट रगत बग्दा हुने गर्छ।

स्वास्थ्यमा समस्या देखिँदा डाक्टर आफै अस्पतालको आकस्मीक कक्षमा गएका थिए। रगत जाँच गरेर हेर्दा उनको प्लेटलेटको मात्रा शुन्य थियो।

प्लेटलेट रगतमा हुने कोशिका हो। जसले रगत बग्नबाट जोगाउँछ।

सामान्य रुपमा रगतमा १ लाख ५० हजारदेखि ४ लाख ५० हजार माइक्रोलिटर प्लेटलेट हुनुपर्छ।

आइसियुमा भर्नागर्दा उनमा एक्युट इम्युन थ्रोम्बोसाइटोपेनिया देखिएका थियो।

उनको मृत्युपछि अन्य मानिसले पनि यस्तो समस्या भोग्न नपरोसभन्दै उनकी श्रीमतीले सामाजिक सञ्जालमा श्रीमानको मृत्युको खवर दिएकी हुन्।

के हो एक्युट इम्युन थ्रोम्बोसाइटोपेनिया?

जोन होप्किन्स मेडिसिनका अनुसार यो रोग एक खालको रक्त विकार हो। जसले प्लेटलेटलाई घटाउँदै लैजान्छ।

प्लेटलेटले शरीरभित्र र बाहिर रगत बग्नबाट जोगाउँछ।

यो रोगमा इम्युन रियाक्सनका कारण आफ्नै शरीरको प्लेटलेटविरुद्ध काम गर्न थाल्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय