नेपालमा ४०३ संक्रमित थपिए, थप ४०५ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६६ हजार ४ सय ४६ पुगेको छ।

यस्तै नेपालमा आज थप ४ सय ५ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ।

नेपालमा थप ६ संक्रमितले ज्यान गुमाएका छन्। आज ज्यान गुमाउनेसँगै नेपालमा कूल १ हजार ९ सय ४३ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय