सुस्वास्थ्य हस्पिटल छैठौं वर्षमा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १ गते १५:२६

उत्कृष्ट प्राकृतिक चिकित्सा प्रदान गर्दै आएको सुस्वास्थ्य हस्पिटलले स्थापनाको पाँच वर्ष पुरा गरेको छ।

औषधिबिहीन उपचारपद्धतिलाई एकिकृत रूपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्द्धन गर्दै आएको अस्पताल आजदेखि छैठौं वर्षमा प्रवेश गरेको हो।

अस्पतालले नसा तथा हाडजोर्नीका रोगीको उपचार गर्दै आएको छ। स्थापनाको पाँच वर्षमा १० हजारभन्दा बढीको उपचार गरिसकेको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले बताए।

अस्पतालमा नसा च्यापिएकाको बिना अप्रेसन उपचार, हडि्ड खिइएकाको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिन्द्रा, डिप्रेसन र एन्जाइटीका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय