निजी पिसिआरलाई मान्यता दिएकोमा मन्त्रालयको आपत्ति

विभिन्न कूटनीतिक नियोग, राजदुतावास तथा हवाइ उडान कम्पनीहरूले कुनै विशेष निजी प्रयोगशालाको पिसिआर रिपोर्टलाई मात्र मान्यता दिने निर्णय गरेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) बैठकले त्यस्ता निकायको उक्त निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएका सरकारी तथा निजी प्रयोगशालाको नजितालाई मान्यता दिइने बारे स्पष्ट पारेकाले सोही अनुसार आवश्यक कार्य गर्न गराउनसमेत मन्त्रालयले निर्देशन दिएको छ।

कुनै द्विवीधा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वय गर्न गराउन सार्वजनिक सूचना जारी गर्ने र कोरोना संकट व्यवस्थापन केन्द्र, परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखि पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय