लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग

लुम्बिनी प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले ७४ जना स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले प्रदेश स्वयमसेवक सेवा अन्तर्गत काम गर्न चाहने व्यक्तिले दर्खास्त दिनसक्ने जनाएको छ।

आयुर्वेद चिकित्सकमा एकजना, कविराजमा एकजना, अहेवमा २८ जना, अनमीमा ३२ जना, एचएमा ६ जना, मेडिकल अफिसरमा ६ जना गरी ७४ जनाका लागि दरखास्त आह्वान गरिएको हो।

दरखास्त सामाजिक विकास डिभिजन कार्यालयहरू रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, प्युठान र पाल्पामा विज्ञापन आह्वान गरिएको १५ दिनभित्र बुझाउन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय