कोरोना खोप आयात दर्ता अनुमतिका लागि आवेदन माग
औषधि व्यवस्था विभागले कोरोनाविरूद्ध खोपको आयातका लागि दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको छ।
विभागले सूचना जारी गर्दै कोरोना खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस भनेको छ।
विभागले कोरोना खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालिन प्रयोग सम्बन्धि संहिता, २०७७ र कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मान्ने जनाएको छ।