माघे संक्रान्तिका पोसिला खानेकुरा

 

 

देशभर आज माघे संक्रन्ति पर्व मनाइँदैछ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रन्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्।

आज देशका विभिन्न क्षेत्रहरुमा विशेष मेलासमेत लाग्ने गर्छ। तर, यस वर्ष कोरोना महामारीका कारण धेरै ठाउँका मेला तथा कार्यक्रमहरु स्थगित गरिएका छन्।

आज घ्यू, चाकु, तिलका परिकार, खिचडीे, तरुल, सखरखण्डलगायतका परिकार खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ भने हामीलाई फाइदा गर्ने पोषक तत्वहरु पनि पाइन्छ। जसले हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति गरिरहेका हुन्छन्।

माघे संक्रान्तिका अवसरमा उपत्यकामा पनि किनमेल गर्नेको भिड बढेको छ।

हेरौं केही तस्बिरहरु–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय