देशभर ४४५ कोरोना संक्रमित थपिए, पाँचजनाले गुमाए ज्यान

नेपालमा गत २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार १ सय ५४ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण पुष्टी भएको जनाएको छ।

हालसम्म १९ लाख ९७ हजार ९ जनामा पिसिआर परीक्षण गरिएको छ। जसमा २ लाख ६६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टी भएको छ।

यसैबीच गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय