‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले छठौं राष्ट्रिय योग दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ। माघ १ गते राष्ट्रिय योग दिवस भए पनि विभागले पुस २८ गतेदेखी सप्ताहव्यापी रुपमा कार्यक्रम सुरुगरेको हो।

‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी दिवस मनाउने भएका हौं,’ विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले भने, ‘यो अवधीमा योग सम्बन्धी विभिन्न कार्यक्रम गरी आम सर्वसाधारणलाई यसबारे महत्व बुझाउने प्रयास गर्नेछौं।’

उनले कोरोनाको महामारीका बेला योगको महत्व कति रहेछ भन्ने अझ स्पष्ट भएको भन्दै यसलाई दैनिक जीवनमा निरन्तर योग अभ्यासमा लाग्नुपर्ने बताए। डा. उपाध्यायले योगलाई ‘नसर्ने रोगको खोप’ हो भन्दै यसको समुचित प्रयोग गरी नसर्ने रोगबाट जोगिन सकिने भन्दै सबैलाई दैनिक योग गर्ने बानि बसाल्न आग्रह गरे।

सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त पहिलो दिन पत्रकार अन्तरक्रिया कार्यक्रम, दोस्रो दिन बुधबार योग सम्बन्धी गोष्ठी, १ माघमा शिक्षा मन्त्रालयको समन्वयमा कार्यक्रम, २ माघमा विभागका महाशाखा प्रमुखहरूसँग योगाभ्यास, ३ माघमा व्यानरसहित वाक एण्ड टक कार्यक्रम, ४ माघमा पशुपतिस्थित बृद्धाश्रममा स्वास्थ्य शिविर र ५ माघमा समापन गरीने कार्यक्रम रहेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय