कोरोना खोप निःशुल्क वितरण गर्न स्वास्थ्य मन्त्रालयले गुहार्‍यो दाता

कोरोनाको खोप निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना कोषमा रकम जम्मा गर्नको लागि दातालाई अनुरोध गरेको छ।

‘आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत खोप खरिद गर्ने ठुलो रकमको आवश्यकता पर्दछ,’ सुचनामा भनिएको छ, ‘दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन आव्हान गरिन्छ।’

रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ ।

उक्त कोषको आय व्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय