रामजी र पंकजको परीक्षाको व्यवस्था गर्न नेविसंघको माग

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षाबाट बञ्चित गराएका विद्यार्थी रामजी राम र पंकज रामलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाउन नेविसंघले माग गरेको छ। विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेजलाई कडा कारबाही गर्न नेविसंघले माग गरेको छ।

एमबिबिएस तहका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कलेजलाई नरहेको नविसंघको ठहर छ।

‘परीक्षा दिनबाट बञ्चित गरिएका रामजी राम र पंकज रामलाई तत्काल पुन: परीक्षाको व्यवस्था मिलाउन त्रिवि, चिकित्सा शिक्षा अध्ययन संस्थान, डिनको कार्यालयलाई माग गर्दछौं,’ ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने नेसनल मेडिकल कलेज र यसका सञ्चालकलाई तत्काल कडा कारबाही गर्न पनि नेविसंघले माग गरेको छ।

विद्यार्थीका समस्या बारेमा समयमै जानकारी गराउँदा पनि शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, चिकित्सा शिक्षा आयोग लगायतले जिम्मेवारी पूरा नगरेकोमा उनीहरूलाई पनि तत्काल कारबाही गर्नुपर्ने नेविसंघको माग छ। माग पुरा नभए कडा आन्दोलनमा उत्रिने नेविसंघले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय