५ हजार ३ सय नुमना परीक्षण, ४३० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देभभर ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ५ हजार ३ सय नमुना परीक्षणमा ४ सय ३० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले  हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको जनाएको छ।

जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।

मगंलबार ३९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार ९३२ पुगेको छ।

आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय