‘विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्ने मेडिकल माफिया प्रधानमन्त्रीका संरक्षित कार्यकर्ता’

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुल्नका लागि रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेकोभन्दै डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्।

मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरू मध्ये अन्सारी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संरक्षित मेडिकल कलेज सञ्चालक तथा नेकपा नेता रहेको उनले आरोप लगाए।

उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘नियामक निकायलाई नटेर्ने तथा अवैध असुली गर्ने कलेजहरूको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरूले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त हुनुपर्छ’, डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्।

भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, छुटेका विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेजलगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन्।

उक्त अबैध अशुलि धन्दामा संलग्न कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउनसमेत डाक्टर केसीले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय